F

adds

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

विद्यालयको परिचय (Introduction to the school)

Print Friendly and PDF

परिभाषा र प्रयोजन : (Definition and purpose)

    विद्यालय सुधार योजना वि.स २०५७ सालमा जारी गरिएको शिक्षा ऐन २०२८ को सातौ संशोधनबाट कानुनी रुपमा विकेन्द्रीकृत शैक्षिकब्यवस्थाको अभ्यास प्रारमभ भएको तथ्यलाई बुझ्न आवश्यक छ । २०५८ साल देखी आधारभुत तथा प्राथमीक शिक्षाकार्यक्रम अन्र्तगत सबै विद्यालयहरुले मुलत शिक्षा सुधार प्रयोजनका लागी विद्यालय सुधार योजना निर्माण गर्ने र त्यसका आधारमा विद्यालयका सम्पूर्ण गतिविधिहरु संञ्चालन गर्ने अध्यास सुरु गरियो ।
    विद्यालय सुधार योजना भन्नाले विद्ययालको शैक्षिक, आर्थिक, भौतिक र प्रशासनिककार्यमा सुधार ल्याई शिक्षाको गुणस्तरमा बृद्धि गुर्न हो । सोहीकार्यलाइ सफल पार्न गरीएको पन्चबर्षे योजनालाई नै विद्यालय सुधार योजना भनिन्छ । त्यसैले यस योजनाभित्र रही कार्यान्वय गर्न र गराउनुलाइ नै सहि सक्षम योजना मानिन्छ ।

यस विद्यालय सुधारका लक्षित नतिजा हासिल गर्न आन्तरिक क्षमता विकासमा स्थानीय सरकार अन्र्तगत नगरशिक्षा शाखा, वडा कार्यालय, स्थानीय अभिभावक, शिक्षा प्रेमी, समाजसेवीआदीको अहमभुमीका रहन्छ । साथै यी सबैको दाईत्वबोध भएमा शिक्षामा सुधार ल्याई समाजलाई परीवर्तन गर्न सकिन्छ ।

एैतिहासिक पृष्ठभुमी : (Historical background)
    सुर्खेत जिल्लाको सदरमुकाम देखी पुर्वी क्षेत्रमा पर्ने साविकको मैनतडा गा.वि.स वडा नं. १ घारीवन हाल भेरीगंगानगरपालीका वडा नं. ६ मा अवस्थीत श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयको स्थापना २०४५ सालमा भएको हो । 
    यसको सेवा क्षेत्र किच, घारिवन, ठुलोखाल र नाच्ने गाँउका टोलहरुलाई ध्यानमा राखी यस गाउँका बुद्धीजिवी र समाजसेवी शेर सिं वली र शसिराम डाङ्गीको सक्रियतामा अभिभावकको जनश्रमदान बाट सामान्य छाप्रो निमार्ण गरी एक शिक्षको ब्यवस्था गरी कक्षा १ को अनुमतिल्याई पठन पाठन सुचारु गरीएको थियो । 
    त्यस पश्चात नेपाल सरकार बाट २०४५ साल पछि तिनवटा दरवन्दी स्थापना गरी कक्षापाँच सम्म पठन पाठन सुचारु गरीदै आएकोमा अभिभावकको आर्थिक अवस्था र भौगोलीक अवस्थालाई मध्यनजर गरी २०६४/०९/२७ गते पुनः अभिभावक बाट रु ७५०००/- (अक्षरुपी : पचहक्तर हजार रुपैया) संकलन गरी राष्टिय बाणिज्य बैकमा धरौटी जम्मा गरी २०६५ साल देखी कक्षा ६ अनुमतिल्याइ हाल कक्षा ८ सम्मको पठनपाठन सुचारु गरीदै आएको छ । साथै हाल यस विद्यालयमा तिन स्थायी दरबन्दी, नगरपालिककाबाट एक जना स्वयमसेवक शिक्षक र संघबाट एक जना स्वयमसेवक शिक्षक बाहेक अन्य कुनै पनि तहबाट थप दरवन्दि गरीएको पाइदैन ।

Post a Comment

0 Comments