F

adds

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

हाम्रो भनाई

Print Friendly and PDF

आदरणीय महानुभावहरू,

कुनै गगनचुम्वी भवनको उचाई निर्धारण गर्ने आधार घरकोे जगलाई मानिन्छ भने देशको “विकास र समृद्धि“ को आधार के होला त ? यस विषयमा आ–आफ्ना धारणाहरु हुन सक्छन्। कसैले भौतिक पूर्वाधार त कसैले बैज्ञानिक अध्ययन र अनुसन्धान भन्ला। कसैले आन्तरिक द्वन्दमा पिल्सिएको मुलुकको लागि सुदृढ सुरक्षा प्रवन्ध त कसैले गुणस्तरीय शिक्षा र स्वास्थ्य (दिर्घ आयु सहितको निरोगी समाज ) को जिकिर गर्ला । यस्तो वहसमा सहभागी एक औसत नागरिकले आफ्नो पढाई र पेशासँग जोडिएको क्षेत्रलाई विकास र समृद्दिको जग मान्नु शायद कुनै आश्चर्य नहोला। तर स्वतन्त्र र निष्पक्ष ढंगले मनन् गर्ने हो र आजका विकसित देशहरुको विगत इतिहाँसलाई केल्हाउने हो भने बहुसंख्यकले पक्कै पनि “गुणस्तरीय शिक्षा” नै विकास र समृद्धिको पक्षमा मत जाहेर गर्ने संभावना छ। यद्यपि गुणस्तरीय शिक्षाको परिभाषा भने देशपिच्छे पृथक पृथक हुन सक्तछ ।

“गुणस्तरीय शिक्षा” को लागि योग्य र सक्षम शिक्षक, विद्यालयको बातावरण तथा भौगोलिक अवस्था,अभिभावकको सक्रियता, विद्यार्थीको विद्यालयमा उपस्थीती तथा सबैको विद्यालयप्रति सकारात्तमक सोचको साथमा “श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय” २०४५ सालमा स्थापना भयो । तत्पश्चात यस सामुदायिक विद्यालयको लागि आवश्यक शिक्षक,भौतिक पुर्वाधार निर्माण,कक्षाकोठा ब्यवस्थापन,खानेपानी,खेलमैदान आदी कार्यको लागी स्थानीय सरकार,संघ–संस्था,सरकारी अनुदानको सहि सदुपयोग गदै निरन्तर रुपमा विद्यालय सुधारका लागी संलग्न रहँदै आएको छ। विद्यालयले आफ्नो प्रत्यक्ष संलग्नतामा हालसम्म (IEMIS लागु भएदेखी) ग्रामिन क्षेत्रका ७०० विद्यार्थीलाई शिक्षा प्रदान गदै आएको छ । केही अपवाद बाहेक हालसम्म प्राप्त पृष्ठपोषण भने सकारात्मक नै पाईएको छ ।

विद्यालयले प्रचलित ऐन¸नियमको परिधिभित्र रही गुणात्मक,जेहेन्दार,मेहनति कर्मनिष्ठावान विद्यार्थी उत्पादन गर्ने भएकोले कतिपय राम्रा पक्षहरु तत्काल कार्यान्वयनमा ल्याउन सकिएको छैन। तापनि विद्यालयको सक्रियता निरन्तर रहनेछ । गुणस्तरीय र उपलब्धिमुलक शिक्षण शिकाई क्रियाकलाप विद्यालयमा संञ्चालन गराउने विद्यालयले उद्देश्य लिएको छ। विद्यालयलाई  एक शिक्षा आर्जन¸ विश्वसनीय र भरपर्दो संस्थाको रुपमा विकास गर्न हामी लागिरहेका छौं र यो कार्य तपाँइको सहयोग र सद्भभाव विना संभव पनि छैन। त्यसर्थ¸ यस दिशामा तपाँइको उपयुक्त सल्लाह र सुझावको विद्यालयले हरदम अपेक्षा गरेको छ ।


धन्यवाद ।
विद्यालय परिवार भेरीगंगा ६ घारिवन सुर्खेत नेपाल ।

Post a Comment

0 Comments